ad ad

समाज


नख्खुमा जिपको ठक्करबाट छात्राको मृत्यु : कोटेश्वर क्याम्पसका विद्यार्थी र ललितपुर प्रहरीबीच वार्ता सुरु

नख्खुमा जिपको ठक्करबाट छात्राको मृत्यु : कोटेश्वर क्याम्पसका विद्यार्थी र ललितपुर प्रहरीबीच वार्ता सुरु

नेपालखबर
फागुन १९, २०७७ बुधबार ६:५३,

ललितपुरको नख्खुमा आज (बुधबार) बिहान जिपले ठक्कर दिँदा सहपाठी अञ्जु दाहालको मृत्युभएपछि जावलाखेलमा यातायात अवरुद्ध गरेर विरोधमा उत्रिएका कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थी र प्रहरीबीच वार्ता सुरु भएको छ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले केही बेरदेखि परिसरको कार्यालयमै वार्ता सुरु भएको जानकारी दिए।

‘अहिले छलफल चलिरहेको छ,’ एसपी महर्जनले बुधबार दिउँसो नेपालखबरसँग भने, ‘घटनाको निष्पक्ष छानबिन हुनुपर्‍याे भन्नेलगायत माग उहाँहरू (विद्यार्थी) ले राख्नुभएको छ।’

आक्रोशित विद्यार्थीले जावलाखेल चोकमा बिहान १० बजेदेखि गरेको चक्काजाम अझै खुलेको छैन।

घटनाकाे थप विवरण :  नख्खुमा जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि कोटेश्वर क्याम्पसका विद्यार्थी सडकमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .