ad ad

राजनीति


कांग्रेसले बोलायो संसदीय दलको बैठक, सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन

कांग्रेसले बोलायो संसदीय दलको बैठक, सांसदहरुलाई काठमाडौं नछाड्न निर्देशन

नेपालखबर
फागुन १९, २०७७ बुधबार ६:३७,

नेपाली कांग्रेसले संसदीय दलको बैठक फागुन २१ गते शुक्रबारका लागि बोलाएको छ।

संघीय संसदको अधिवेशन फागुन २३ गते आइतबारदेखि सुरु हुन लागेको हुँदा संसदको प्रमुख प्रतिपक्षी पार्टीको संसदीय दलको बैठक बोलाइएको हो।

संसदीय दलको बैठक शुक्रबार दिनको १ः०० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने सो पार्टीले जनाएको छ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गरेपछि संसद बैठक बस्ने भएको हो।

सर्वोच्चले फागुन ११ गते गरेको फैसलामा १३ दिनभित्र संसद बैठक राख्न आदेश समेत दिएको थियो।

अब सुरु हुने संसद अधिवेशनबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया सुरु हुनेछ। प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसको भूमिका निर्णायक हुने हुँदा कांग्रेसले के निर्णय गर्छ भनी सबैको चासो रहेको छ।

यसैबीच नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई अहिले काठमाडौं नछाड्न निर्देश दिएको छ।

फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सांसदहरुलाई काठमाडौंबाहिर नजान र नगई नहुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .