ad ad

समाज


हङकङमा कोरोनाको खोप लगाएको दुई दिनपछि एकको मृत्यु, यस्ता असर देखिएका थिए

हङकङमा कोरोनाको खोप लगाएको दुई दिनपछि एकको मृत्यु, यस्ता असर देखिएका थिए

नेपालखबर
फागुन १९, २०७७ बुधबार ५:७,

हङकङको स्वास्थ्य विभागका अनुसार गत फेब्रुअरी २६ मा जोर्डनको कुन चुङ स्पोर्ट्स क्लबमा चिनियाँ कम्पनी सिनोभ्याकको खोप लगाउने ६३ वर्षका व्यक्तिको मृत्यु भएको हो।

यसअघि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले पनि सिनोभ्याककै खोप लगाएकी थिइन्।

मंगलबार राति स्वास्थ्य विभागले ती व्यक्तिको मृत्यु भएको जानकारी दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

Hong Kong leader Carrie Lam gets city's first Covid-19 jab, insists only  steady fall in cases will lead to further relaxation of social distancing |  South China Morning Postक्यारी लाम

अधिकारीहरुका अनुसार खोप लगाएपछि ती मानिसमा गम्भीर प्रतिकुल असर देखिएको थियो।

फेब्रुअरी २८ मा उनको क्विन इलिजावेथ अस्पतालमा मृत्यु भएको थियो।

उनमा सास फेर्न गाह्रो हुने समस्था देखिएको थियो। त्यसपछि हृदयघात हुँदा उनको मृत्यु भयो।

हाल ती व्यक्तिको मृत्यु किन भयो भनेर थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

हङकङमा सिनोभ्याकसहित अमेरिकी तथा जर्मन कम्पनी फाइजर तथा बायोएनटेकले विकास गरेको खोपले पनि स्वीकृति पाएको छ।

हङकङमा पहिलो चरणको खोप कार्यक्रम सुरुवात भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .