ad ad

समाज


अम्बानीलाई ज्यान मार्ने धम्कीः पत्ता लाग्यो कार मालिक, अभियुक्त पक्राउ पर्न बाँकी

अम्बानीलाई ज्यान मार्ने धम्कीः पत्ता लाग्यो कार मालिक, अभियुक्त पक्राउ पर्न बाँकी

नेपालखबर
फागुन १५, २०७७ शनिबार ८:५४,

रिलायन्स इन्डस्ट्रिजका प्रमुख अम्बानीको घरनजिकै बिहीबार शंकास्पद अवस्थामा स्कार्पियो जिप फेला परेपछि भारतमा यतिबेला सनसनी फैलिएको हो।

मुम्बई अपराध शाखाका अनुसार स्कार्पियोमा दुई केजीभन्दा बढी बिस्फोटक पदार्थका साथै एउटा पत्र फेला परेको थियो।

उक्त पत्रमा अम्बानीको परिवारलाई नै ज्यान मार्ने धम्की आएको थियो।

पत्रमा भनिएको छ,‘मुकेश दाइ तथा नीता भाउजू, यो त झलक मात्रै हो। अर्कोपटक यो सामान पूर्ण रूपमा जडान गरिनेछ। ओरिजिनल गाडीमा आउनेछ। तपाईंको सबै परिवार उडाउने योजना छ। सचेत रहनुस्।’

हाल प्रहरीले सो स्कार्पियो गाडीका मालिक पत्ता लगाएका छन्। अनुसन्धानमा उक्त गाडी चोरिएको पुष्टि भएको छ।

व्यापारी हिरन मनुसुकले उक्त कार चोरी भएको बताएका छन्। यद्यपी हालसम्म यस घटना संलग्न भएका अभियुक्त पक्राउ परेका छैनन्।

महराष्ट्र सरकारले घटना अनुसन्धानको जिम्मा मुम्बई अपराध शाखालाई दिएको छ।

प्रहरीले यो घटनामा आतंकवादी संगठन आवद्ध नभएको अनुमान गरेको छ। यो घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।

प्रहरीका एक उच्च अधिकारीका अनुसार आतंकवादी संगठनले कुनै उद्देश्य बिना हत्याको योजना बनाउँदैन।

२४ घण्टा पुरा भइसक्दा पनि यस घटनाको जिम्मा कसैले नलिएकाले यो विषयमा त्यस्ता संगठन आवद्ध नभएको बताइएको छ। यद्यपी अनुसन्धान भने जारी राखिएको छ। टाइम्स अफ इन्डिया

यो पनिः मुकेश अम्बानीको घरनजिक छाडिएको गाडीभित्र जब जिलेटिन र ‘तिम्रो परिवारै उडाइदिन्छु’ भन्ने पत्र भेटिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .