ad ad

राजनीति


ओलीको क्षमता भनेकै जालझेल, छलकपट र ‘फुटाऊ र राज गर’ हो : प्रचण्ड

ओलीको क्षमता भनेकै जालझेल, छलकपट र ‘फुटाऊ र राज गर’ हो : प्रचण्ड

नेपालखबर
फागुन १५, २०७७ शनिबार ८:४५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले जेलमा बस्दा चाणक्य नीतिमात्रै पढेका कारण सधैँ जालझेल र ‘फुटाऊ र राज गर’को नीति अवलम्बन गरेको गरेको बताएका छन्।

शनिबार ललितपुरको जाउलाखेलमा नेकपा सम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले क्षमता भनेकै भ्रम सिर्जना गर्ने भएको बताएका हुन्।

‘विचार, सिन्दान्त, निष्ठा, इमान्दारितामा ओलीको एक पैसाको पनि क्षमता छैन। बेइमानी, जालझेल, छलकपट, फुटाऊ, शासन गर भन्ने उनको क्षमता हो’, प्रचण्डले भने, ‘जेलमा चाणक्य नीतिबाहेक जेलमा केही पनि पढेनछन्।’

उनले ओलीले महाभारत र चाणक्य नीतिमात्रै पढेको र सकुनीको भूमिका एकदमै मन पराउने गरेको बताए। उनले अहिले ओली पनि सकुनीको भूमिकामा रहेको बताए।

‘महाभारत र चाणक्य नीति पढ्या छ, अनि सकुनीको भूमिका खुव मनपर्ने रहेछ उनलाई’, प्रचण्डले भने, ‘सकुनी सबैभन्दा राम्रो पात्र छैन उनका लागि। अहिले उनी सकुनीको भूमिकामा छन्।’

उनले माधव नेपाल पक्ष र आफू पक्षबीच फाटो ल्याउन र कार्यकर्तामा भ्रम सिर्जना गर्न ओलीले खेलेको भूमिकाको स्मरण गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

ओलीले पूर्व एमालेलाई माओवादी भयौँ भनेर र पूर्व माओवादीलाई माधव नेपालको फेला प¥यौ भनेर भ्रम फैलाएका प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .