हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (आइतबार साँझ) देशभर मौसम सामान्यतया सफा छ।
मंगलबार दिउँसोसम्म वर्षा र हिमपातको सम्भावना छैन। तर राति भने उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। जसअनुसार मंगलबारसम्मको मौसम अनुमान यस्तो छ :
माघ २५ गते आइतबार
राती : प्रदेश १ को पहाडी भू्भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
माघ २६ गते सोमबार
दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राती : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
माघ २७ गते मंगलबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
राती : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
चिसो अझै रहिरहने तथा तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
Shares
प्रतिक्रिया