ad ad

कारोबार


चितवन निकुञ्जमा सात महिनामै मरे ५ हात्ती र २३ गैँडा

चितवन निकुञ्जमा सात महिनामै मरे ५ हात्ती र २३ गैँडा

नेपालखबर
माघ २५, २०७७ आइतबार १४:५,

चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन्। निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शंकरप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ।

यही माघ २१ गतेदेखि बिरामी भएको शंकरप्रसादको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए। हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शंकरप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताए। चालु आव २०७७/७८ मा शंकरप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले बताए।

यसैगरी निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ। अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो। योसँगै चालु आव २०७७/७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडाको मृत्यु भएको अधिकारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .