ad ad

समाज


भागरथी हत्या प्रकरण : डीआईजी सुवेदी पनि घटनास्थलमा

भागरथी हत्या प्रकरण : डीआईजी सुवेदी पनि घटनास्थलमा

गोकुल जोशी
माघ २५, २०७७ आइतबार ९:२८,

भागरथी हत्या प्रकरणको घटनास्थलको अध्ययन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडी पुगेका छन्। आइतवार दिउँसो डीआईजी सुवेदी बैतडी पुगेका हुन्।

साढे दुई वर्षअगाडि कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबाट पाठ सिकेको प्रहरीले भागरथी प्रकरणमा गम्भीर संवेदनशीलता देखाएको छ।

घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेय र जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण अधिकारीको छुट्टा–छुट्टै टीम सक्रिय छ।

आइतवार सुदूरपश्चिम प्रहरीका प्रमुख डीआईजी सुवेदी पनि घटनास्थलको अध्ययनका लागि बैतडी पुगेको प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए। २४ माघ बुधवार विद्यालयबाट फर्किने क्रममा दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भागरथी भट्टको हत्या गरेर फालेको अवस्थामा शव जंगलमा भेटिएको थियो।

बैतडीमा प्रदर्शन
भागरथीको न्यायको माग गर्दै आइतवार तेस्रो दिन पनि बिभिन्न ठाउँमा स्थानीयहरुले प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय बैतडी अगाडि तथा कैलालीमा न्यायको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। स्थानीय र विद्यार्थी संगनठनले किशोरीको बलात्कार पछि हत्या भएको भन्दै घटनाको सत्य, तथ्य छानविन गरेर अपराधीलाई कानूनी दायरा ल्याउनु पर्ने माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .