ad ad

समाज


बैतडीमा बाबुले किन हाने आफ्नै छोरीलाई गोली?

बैतडीमा बाबुले किन हाने आफ्नै छोरीलाई गोली?

गोकुल जोशी
माघ २५, २०७७ आइतबार ४:३,

बैतडीको पुर्चौडी नगरपालिका–३, जोग्गौडाकी २० वर्षीया बेलमती महरा धामी करिब एक महिनाअगाडि पुर्चौडी नगरपालिका–१०, विजयपुरस्थित माइती घरमा आइन्। विवाह गरेर जोग्गौडा गएपछि बुवाआमासँग भेटघाटका लागि उनी बेलाबेला माइती आउजाउ गरिरहन्थिन्। तर यसपटक उनको माइती बसाइ अन्तिम बन्यो।

शनिबार साँझ जन्मदाता बुवा नै उनका लागि काल बनेर आए। प्रहरीका अनुसार ६५ वर्षीय धनबहादुर महराले गोली हानेर छोरी बेलमतीको हत्या गरेका हुन्।

स्थानीयका अनुसार धनबहादुरले बहुविवाह गरेका छन्। यही कारण घरमा दिनहुँ कलह भइरहन्थ्यो। शनिबार पनि धनबहादुर र उनकी कान्छी श्रीमतीबीच झगडा भएको थियो।

प्रहरीका अनुसार सोही क्रममा झगडा छुट्याउन गएकी छोरी बेलमतीलाई धनबहादुरले गोली हानेका हुन्।

‘श्रीमान् र श्रीमतीबीच भएको झगडा छुट्याउने क्रममा छोरीलाई गोली प्रहार गरेको खुलेको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले आइतबार बिहान नेपालखबरसँग भने, ‘गोली प्रहारबाट छोरीको घटनास्थलमै ज्यान गएको हो।’

उनका अनुसार भरुवा बन्दुकबाट गाेली हानिएकाे हाे। 

छोरीको हत्या गरेर फरार धनबहादुरको खोजीका लागि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

शनिबार साँझ ५ बजेतिर घटनाको खबर आएपछि पुरघाटस्थित प्रहरी चौकीका असई नरेन्द्रसिंह बडाल नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको हो। जहाँ पुग्न झण्डै ५ घण्टा पैदल जानुपर्ने भएकाले प्रहरीको टोली शनिबार राती मात्र पुगेको हो।

घटनाले पूरै गाउँ शोकमा डुबेको छ। पुर्चौडी नगरपालिका–१० का वडाध्यक्ष जितबहादुर विष्टका अनुसार बेलमतीको एक वर्षको दुधे बच्चा (छोरा) छ।

चार दिनभित्र बैतडीमा भएका दुई महिलाको बीभत्स हत्याले पूरै जिल्ला शोकमा डुबेको छ।

यसअघि यही माघ १४ गते विद्यालयबाट फर्किने क्रममा दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट घरनजिकै हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

याे पनि :  

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .