ad ad

समाज


भारतमा कोरोनाविरुद्धको खोप लगाउने २२ जनाको मृत्यु

भारतमा कोरोनाविरुद्धको खोप लगाउने २२ जनाको मृत्यु

नेपालखबर
माघ २४, २०७७ शनिबार ६:३०,

खोप अभियान सुरुवात भएपछि हालसम्म भारतमा ५० लाखभन्दा बढीमा कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार अमेरिका, बेलायत र इजरायलको तुलनामा भारतमा सबैभन्दा बढीले खोप लगाएका छन्।

भारतमा अक्सफोर्ड एस्ट्राजेनिकाको खोप कोभिसिल्ड तथा भारतमै निर्मित कोभ्याक्सिन खोपले स्वीकृति पाएको छ।

यसबीचमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये २२ जनाको मृत्यु भइसकेको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका एक ७७ वर्षका मानिसको मृत्यु भएको छ।

ती वृद्धमा पहिले मधुमेह तथा कार्डियोजेनिक रोग थियो। बीबीसीहिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .