कोरोना महामारी अन्त्य हुन ७ वर्ष लाग्ने अनुमान गरिएको छ।
ब्लुमबर्गको तथ्यांकअनुसार अहिलेकै गतिमा खोप अभियान जारी रह्यो भने विश्वबाट कोरोना निमिट्यान्न हुन ७ वर्ष लाग्ने देखिएको हो।
हालसम्म विश्वभर ११ करोड ९० लाख डोज कोरोना खोप लगाइएको ब्लुमबर्गले जनाएको छ।
कतिपय मुलुकमा खोप लगाउने क्रम तीव्र रहे पनि कतिपय देशमा यो सुस्त गतिमा छ।
धनी मुलुकले लक्ष्यअनुसार समयमै खोप लगाउने अभियान पूरा गर्न सक्ने देखिए पनि गरिब मुलुकलाई गाह्रो हुने देखिएको हो। जसले गर्दा कोरोनाको पूरै अन्त्य गर्न ७ वर्ष लाग्ने देखिएको हो।
अमेरिकाका वैज्ञानिक एन्थोली फउसीका अनुसार विश्वको जनजीवनलाई पहिलेको जस्तै सामान्य बनाउन ७० देखि ८० प्रतिशतसम्म मानिसलाई खोप लगाउनुपर्ने हुन्छ।
प्रतिक्रिया