ad ad

समाज


लाखौँ रकमसहित ६ जुवाडे र लागुऔषधसहित एक जना पक्राउ

लाखौँ रकमसहित ६ जुवाडे र लागुऔषधसहित एक जना पक्राउ

नेपालखबर
माघ २०, २०७७ मंगलबार १४:५७,

काठमाडौँमा भएको विभिन्न घटनामा संलग्न सात जनालाई पक्राउ गरी कारवाही थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

लाखौँ रकमसहित छ जना जुवाडे र लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज अवैध लागुऔषध ब्राउन सुगरसहित मकवानपुर फापरवारी गाउँपालिका–७ बस्ने २८ वर्षीय अनुपकुमार विश्वकर्मालाई पक्राउ परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना६ख ९४७८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार अनुपकुमारलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ।

यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत छ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी रु एक लाख ४७ हजार बरामद गरिएको हो। उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .