ad ad

समाज


ज्यान मुद्दामा ६ वर्ष कैद सुनाएका व्यक्ति ६ वर्षपछि नै पक्राउ

ज्यान मुद्दामा ६ वर्ष कैद सुनाएका व्यक्ति ६ वर्षपछि नै पक्राउ

नेपालखबर
माघ ७, २०७७ बुधबार ११:१,

६ वर्ष पहिले अदालतले ज्यान मार्ने उद्योगमा सजाय सुनाएका व्यक्ति पक्राउ परेका छन्।

झापाको दमक नगरपालिका–९ का ३७ वर्षीय प्रेम वाग्लेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

झापा जिल्ला अदालतले वाग्लेलाई २०७१ वैशाख ३० गतेको फैसला अनुसार ज्यान मार्ने उद्योगमा ६ वर्ष कैद सुनाएको थियो। उनी भने अदालतको फैसलापछि फरार रहँदै आएका थिए।

बुधबार उनलाई आफ्नै घरबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

उनलाई बुधबार नै फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराई सम्मानित अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .