जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले तस्करीजन्य गतिविधिलाई पूर्ण रुपमा निस्तेज गर्ने बताएका छन्।
खुला सीमाको दुरुपयोग गर्दै जिल्लामा हुने तस्करी नियन्त्रण गर्ने एसपी चतुर्वेदीले उद्घोष गरे। सोमवार उद्योग वाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै एसपी चतुर्वेदीले जिल्लाको शान्ति, सुरक्षालाई व्यवस्थित गरेर खुला नाकाको दुरुपयोग गर्दै हुने तस्करी नियन्त्रण गर्ने दाबी गरेका हुन।
‘खुला सीमाको दुरुपयोग गरेर हुने गैरकानूनी तस्करीजन्य गतिविधि पूर्ण रुपमा नियन्त्रण गछौँ। सीमा नाकाका चौकी, बिओपी लगायतसँग समन्वय गरेर यस्ता गतिविधि निस्तेज पार्ने छौँ’ उनले भने।
खुला सीमाको मौका छोपेर कञ्चनपुरमा अवैध तस्करी हुने गरेको छ। एसपी चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट सरुवा भएर केही दिन अगाडि मात्रै कञ्चनपुर पुगेका थिए।
कञ्चनपुर उद्योग वाणिज्य संघले सोमवार एसपी चतुर्वेदी, नम्बर २५ बाहिनी भगतपुरका बाहिनीपती सहायक रथी कृष्णबहादुर जिसी, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीलाई स्वागत गरेको थियो।
प्रतिक्रिया