ad ad

समाज


बागलुङमा पहिरोले घर पुर्दा हजुरआमा-नातिसहित ३ जनाको मृत्यु

बागलुङमा पहिरोले घर पुर्दा हजुरआमा-नातिसहित ३ जनाको मृत्यु

वाशुदेव मिश्र
साउन २०, २०७६ सोमबार ५:२४,

अविरल वर्षासँगै बागलुङको तमानखोला गाउँमा खसेकाे पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

तमानखोला गाउँपालिका-४,लाम्लेलामा आइतबार राति राति १:३० बजे गाउँको १ सय ५० मिटर माथिबाट खसेकाे पहिरोले घर पुरिँदा एकै हजुरआमा र नातिको मृत्यु भएको हो ।

७० वर्षीया अनसरी श्रीपाली र उनका १२ वर्षीय नाति प्रविण श्रीपालीको ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ। 

पहिरोले पुरिँदा अर्को घरकी ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको पनि मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले नेपालखबरलाई जानकारी दिए।

पहिरोले त्यहाँ ४ वटा घर पूर्णरुपमा भत्किएका छन् भने ३ घरमा आंशिक क्षति पुगेको छ। घटनास्थलमा अहिले प्रहरी पुगेको छ।

प्रहरीसहित पुगेको मेडिकल टोलीले घाइतेको उपचार गरिरहेको डिएसपी भट्टराईले जानकारी दिए।

उनका अनुसार बोङ्गादोभानबाट करिब ४ घण्टाको हिँडाइपछि प्रहरी टाेली घटनास्थल पुगेको हो।

अहिले बुर्तिबाङबाट अर्को १० जनाको प्रहरी टोली पनि घटनास्थलतर्फ लागेको उनले जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .