ad ad

कारोबार


सातै प्रदेशका १/१ जनालाई चेम्बरको छात्रवृत्ति

सातै प्रदेशका १/१ जनालाई चेम्बरको छात्रवृत्ति

नेपालखबर
साउन २०, २०७६ सोमबार ५:५,

नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक/एक जना छात्रालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। चेम्बरले स्नातक तहका विद्यार्थीका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको हो।

छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका मिहिनेती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलई रोजगारमुखी शिक्षा प्रदान गर्नु रहेको चेम्बरले जनाएको छ।

यो छात्रवृत्ति प्राप्त गर्र्ने विद्यार्थीले एपीयूसँग आबद्ध एलबीईएफ (लर्डबुद्ध) क्याम्पस मैतीदेवीमा तीन वर्षे बीए बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाउनेछन्। प्लस–२ पास वा सोसरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउनेछन्। यस योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्ने चेम्बरले जनाएको छ।

योजनाअन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ। यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा छ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिसम्बन्धी विस्तृत विवरण चेम्बरको वेबसाइट र लर्डबुद्धको वेब साइटमा प्रकाशित सूचना प्रकाशित गरिएको चेम्बरले जनाएको छ।

इच्छुक महिला विद्यार्थीले चेम्बरको जिल्ला चेम्बर वा सिधै अनलाइन मार्फत आफ्नो फर्म भर्न सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .