नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ सय नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण गर्दा ४१२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ४८३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत पुगेको छ।
प्रतिक्रिया