ad ad

समाज


चीनको लायोनिङमा महिलालाई दुई दिन महिनावारी विदा दिइने, तलब नकाटिने

चीनको लायोनिङमा महिलालाई दुई दिन महिनावारी विदा दिइने, तलब नकाटिने

नेपालखबर
पुस २१, २०७७ मंगलबार १२:७,

महिनावारी विदा दिइने र यस अवधिको तलब नकाटिने जनाइएको छ।

उक्त प्रान्तको प्रशासनले महिलाको हितको लागि र उनीहरुको अधिकारका लागि महिनावारीमा तलबी विदा दिइएको जनाएको छ।

महिलालाई महिनावारी विदा दिइने कानुन सन् २०२१ को मार्चदेखि लागू हुनेछ। यद्यपी यस कानुनमा केही सर्त छ।

महिनावारीको समयमा स्वास्थ्य अवस्था गाह्रो हुने महिलामाथि मात्र यस विदाको प्रावधान लागू हुनेछ।

महिलाले अस्पताल गएको अथवा औषधि प्रयोग गरेको प्रमाण पेश गर्नुपर्नेछ।

केही महिलाहरुले यस कार्यले महिलामाथिको भेदभाव थप बढ्ने चिन्ता व्यक्त गरेका छन्।

२६ वर्षकी वि यिरानका अनुसार यसरी महिलालाई रोजगारी प्राप्त गर्न गाह्रो हुनेछ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .