नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले शनिबार साँझ उनीहरुलाई विमानस्थलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरु फ्लाई दुबईको उडानबाट दुबई जान लागेका व्यक्तिहरु रहेका छन्। प्रहरीले पक्राउ पर्नेको नाम भने खुलाएको छैन।
यस सम्बन्धमा अनुसन्धान सुरु गरेको विमानस्थल प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया