ad ad

समाज


मोटरसाइकलमै झम्टेर बाघले मान्छे मारेपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक

मोटरसाइकलमै झम्टेर बाघले मान्छे मारेपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक

नेपालखबर
पुस १९, २०७७ आइतबार २:५७,

गुडिरहेको मोटरसाइकलमै झम्टेर बाघले मान्छे मारेपछि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी–चिसापानी खण्डको सडकमा शुक्रबार राति ९ बजे पाटेबाघले आक्रमण गर्दा कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरकी ५२ वर्षीया नन्दकला थापाको मृत्यु भएको थियो। यो घटनापछि निकुञ्ज प्रशासनले रातिको समयमा निकुञ्ज क्षेत्रमा आवतजावतमा रोक लगाएको हो।

नन्दकला छोरा सन्तोषले चलाएको सूपप्र १००८ प ६८०१ नम्बरको मोटरसाइकलमा सबार थिइन्। राति ९ बजे घुम्ना पुल नजिक गुडिरहेको मोटरसाइकलमै झम्टेर बाघले उनलाई मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए।

बाघले आमालाई लगेपछि मोटरसाइकलबाट लडेका सन्तोषले मोबाइलबाट प्रहरीलाई फोन गरेपछि सेना र प्रहरी घटनास्थलमा पुगेका थिए। नन्दकलाको शव शनिबार दिउँसो घटनास्थभन्दा दुई किलोमिटर टाढा घना जंगलभित्र क्षतविच्छद अवस्थामा फेला परेको श्रेष्ठले जानकारी दिए।

दिउँसै पनि निकुञ्ज क्षेत्रमा एक्लै पैदल वा मोटरसाइकलमा हिँड्दा जोखिम हुने भएकाले मोटरसाइकलहरूले अरु सवारी साधनको पछि लागेर मात्रै निकुञ्ज पार गर्दै आएका छन्। सन्तोष शुक्रबार राति निकुञ्जको सडकमा एक्लै परेकाले घटना भएको श्रेष्ठले बताए

शुक्रबारको घटनापछि अम्रेनी–चिसापानी खण्डमा सेनाले गस्ती बढाएको छ । शनिबार राति ८ बजेदेखि बिहान ६ बजेसम्म निकुञ्ज क्षेत्रको सडक खण्डमा मोटरसाइकल, स्कुटर, साइकल र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएका प्रमुख संरक्षण अधिकृत श्रेष्ठको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .