अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन्।
अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ।
फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।
तर यस विज्ञप्तिमा यस कारबाही अफगान बायुबल अथवा नेटोआवद्ध संयुक्त सेनाले गरेको सो विषयमा विस्तृत विवरण दिइएको छैन।
यस प्रान्त तालिबान लडाकू समूह र सुरक्षाबीच बारम्बार झपड हुदै आएको पाइन्छ। सिन्ह्वाका अनुसार तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्।
3
Shares
प्रतिक्रिया