दोलखामा पहिराले १० घर पुरिएका छन्। ज्यान जोगाउन भाग्ने क्रममा दुई जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार दोलखाको गौरीशंकर गाउँपालिका-१ जुँगुमा पहिरो खस्दा १० घर पुरिएका हुन्।
घटनमा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
शुक्रबार राति पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका थिए। यसै क्रममा दुई जना भने सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएकाे छ।
स्थानीय ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएका हुन्। उनीहरुको खोजी भइरहेको छ।
अहिले घटनास्थलमा स्थानीय प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारका लागि खटिएका छन् ।
प्रतिक्रिया