ad ad

छापा खबर


३८ वर्षीया गायिका/मोडल वसन्ती राई भन्छिन् : मेरो शरीर बुलेट छ

३८ वर्षीया गायिका/मोडल वसन्ती राई भन्छिन् : मेरो शरीर बुलेट छ

नेपालखबर
साउन १८, २०७६ शनिबार ३:५८,

१६ वर्षे कल्कलाउँदो उमेरमै गायन-मोडलिङ क्षेत्र रोजेकी थिइन् वसन्ती राईले। उनको लक्ष्य नै थियो, यी दुई क्षेत्रमा मज्जाले जम्ने।

अहिले पनि त्यही ‘इनर्जी’ छ उनीभित्र। हाल, अमेरिका बस्दै आएकी वसन्ती भन्छिन्, ‘अझै के नै बितेको छ र?’

२०३८ मा झापामा जन्मिएकी वसन्तीले गायन–मोडलिङ अँगालेको पनि २२ वर्ष बितिसकेछ। गायन–मोडलिङले परिचय दिलाइसक्यो। अब उनको रुचि अभिनयतिर तेर्सिएको छ। छोटो समयमै आठवटा गीत रेकर्ड गराइसकेकी वसन्तीले केही गीतमा ‘मोडलिङ’समेत गरेकी छन्।

उनीसँग व्यक्तिगत, सांगीतिक र यौन विषयमा भवनाथ प्याकुरेलले गरेको कुराकानी अाजकाे राजधानी दैनिकमा छापिएकाे छ :

यही क्षेत्र किन रोजियो?
सानैदेखिको रुचि पनि हो । फेरि, अमेरिकामा नेपाली कलाकार एकदमै कम छन्। त्यही कारण पनि म यस क्षेत्रमा आए“ । अब यसै क्षेत्रमा स्थापित भएर नाम कमाउन चाहन्छु।

कस्तो मान्छे बन्ने चाहना छ?
म वसन्ती फाउन्डेसन खोलेर समाजसेवा गर्न चाहन्छु । मैले गरिब, दिनुदुःखीको सेवामा आफूलाई समाहित गर्ने योजना बनाएकी छु । मलाई नेपालको सडकका भुस्याहा कुकुर देख्दा साह्रै माया लाग्छ । त्यसैले मेरो इच्छा त्यस्ता कुकुरलाई औषधि र तिनीहरूको व्यवस्थापन गर्ने रहेको छ । म यो काम पूरा गरेरै छाड्नेछु ।

ग्लामर क्षेत्रप्रति अरूको दृष्टिकोण कस्तो पाउनुभएको छ?
यो क्षेत्रलाई रामै्र नजरले हेर्ने गरेको पाएकी छु । मेरो परिवारमा कोही पनि कलाकारितामा छैनन् । म यो क्षेत्रमा लागेकोमा मेरो परिवारलाई गर्व छ । उहाँहरूकै सहयोगले यहाँसम्म आउन सफल भएकी हुँ ।

तपाईंको मुख्य रुचि केमा छ?

मेरो मुख्य रुचि गायन नै हो । यसबाहेक नेपालका मुस्ताङ, पोखराजस्ता रमणीय ठाउँ घुम्ने चाहना छ । समग्रमा मलाई सम्पूर्ण नेपाल घुम्न मन लागेको छ।

 DSC0244 531x800

युवायुवतीको प्रेम देख्दा कस्तो अनुभव हुन्छ?
प्रेम गम्भीर विषय हो । बुझेर गरे राम्रो, नबुझी गरे यसबाट ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । यो विषयमा मेरो जीवनमा पनि आएको छ । अहिले सामाजिक सञ्जालबाटै प्रेमपछि विवाह गर्ने चलन छ । यसले धेरै विकृति ल्याएको छ ।

सेक्सको अनुभूति कसरी गर्न सकिएला?
सेक्स प्राकृतिक विषय हो । यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ । यसलाई सहमतिमा गरिनु अति आवश्यक छ । सेक्स मन मिले साधारण, नमिले जटिल हो । बाहिरी समाजमा समस्या ननिम्तिने गरी यसको
प्रयोग गर्नुपर्छ।

तपाईंलाई आफ्नो शरीरको कुन भाग मनपर्छ?
सबै । प्रशंसकले ‘तपाईको शरीर बुलेट छ’ भन्छन् । मलाई पनि त्यस्तै लाग्छ । म बुलेट छु।

DSC0444 copy 768x1086

‘प्रपोज’ गर्ने कति आए?
हजार जति पुगिसके होलान् । प्रपोज गर्नेले फेसबुकमा म्यासेज पठाउने, हजुरसँग विवाह गर्न मन छ, मलाई तपाई साह्रै राम्री लाग्छ, भन्छन् । कसैकसैले राम्रो बोल्ने, स्पष्ट वक्ता हुनुहुँदोरहेछ भन्ने पनि गर्दछन् । उनीहरूले औपचारिक रूपमै प्रेम प्रस्ताव राख्ने गर्छन् । धेरैले ‘गर्ल फ्रेन्ड’ बनाउन चाहन्छु, भन्छन्।

त्यस्तो प्रपोजलाई कस्तो जवाफ हुन्छ?
मलाई अहिले इच्छा छैन। भविष्यमा सोचौंला भन्ने गर्छु ।

ब्वाइफ्रेन्ड परिवर्तन गर्नेलाई के भन्ने?
परिवर्तन गर्नु उसको इच्छा हो । कसैको इच्छाविपरीत हामीले बोल्न मिल्दैन । कसैले भोग्ने हिसाबले प्रेमको नाटक गर्ने गर्छन् भने कसैले गरी हेरौं भनेर पनि गर्छन् । यसो गर्नु राम्रो होइन।

राम्रा केटा देख्दा कस्तो अनुभूति हुन्छ?
आहा! कस्तो राम्रो मान्छे जस्तो लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .