एक अपहरण काण्डमा संलग्न भई १२ वर्षदेखि फरार रहेका सर्लाहीका कुमार बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ।
भ्याली कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरणमा संलग्न भएपछि १२ वर्षदेखि फरार रहेका बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार उनलाई हिजो मंगलबार पक्राउ गरिएको हो।
उनीसहितको समूहले रावललाई २०६५ पुसमा अपहरण गरेको थियो।
त्यतिबेला उनीहरुले रावललाई पाँच दिन बन्धक बनाएर १ करोड ५० लाख रुपैयाँ उठाएपछि छोडेका थिए।
सो अपहरण काण्डका याेजनाकार उदय सेठ्ठीलगायत तीनजनालाई भने प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।
प्रतिक्रिया