ad ad

समाज


कोरोनाको उद्गमस्थल वुहानबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्ष जेल सजाय

कोरोनाको उद्गमस्थल वुहानबारे समाचार लेख्ने चिनियाँ पत्रकारलाई चार वर्ष जेल सजाय

नेपालखबर
पुस १३, २०७७ सोमबार ६:२६,

हाल ३७ वर्षकी पत्रकार तथा पूर्व वकिल रहेकी जाङ जिहानलाई यसअघि पाँच वर्षको जेल सजाय दिइनुपर्ने सिफारिस गरिएको थियो। यद्यपी सांघाइको अदालतले उनलाई सोमबार चार वर्षको जेल सजाय तोकिदिएको हो।

सन् २०१९ मा हङकङमा भएको प्रदर्शनमा उनले आन्दोलनकारीको साथ दिएकी थिइन्। त्यसबेला पनि उनलाई पक्राउ गरिएको थियो। आन्दोलनकारीले त्यसबेला हङकङ चीनबाट स्वतन्त्र हुनुपर्ने माग गरेको थियो।

उनलाई प्रहरीले गत मे महिनादेखि नै नियन्त्रणमा लिएको बताइएको छ। सुरुवातमा कोरोनाको उत्पत्तिस्थल वुहानबारे समाचार लेख्ने धेरैलाई चीनले नियन्त्रणमा लिएको थियो। सोही क्रममा उनी पनि पक्राउ परेका हुन्।

जुन १९ मा उनलाई औपचारिक रुपमै पक्राउ गरिएको थियो। पत्रकार जाङ जिहानमाथि वुहानको कोरोना अवस्थाबारे विभिन्न समाचारको माध्यममा झुठो खबर सम्प्रेषण गरेको आरोप लगाइएको छ।

समाचार लेखेर पक्राउ परेकी भएपनि उनीमाथि झगडा गराउने कार्यमा संलग्न भएको साथै समस्यालाई निम्त्याउन भूमिका खेलेको भन्ने आरोपहरु पनि लागेका छन्।

जाङ जिहान गत फेब्रुअरीमा वुहान पुगेकी थिइन्। नेटवर्क अफ चाइनिज ह्युमन राइट्स डिफेन्डर सीएचआरडीका अनुसार उनले वुहानबाट कोरोना प्रकोपबीच पत्रकारलाई समाचार लेख्नबाट बन्चित गरेको साथै पत्रकारलाई नजरबन्दमा राखेको विषयमा थुप्रै समाचार लेखेकी थिइन्।

मे १४ मा उनी वेपत्ता भएकी थिइन्। पछि उनलाई सांघाई प्रहरीले गिरफ्तार गरेको विषय सार्वजनिक भएको थियो।

हाल आफूलाई जेल हाल्ने विषयमा उनले विरोध स्वरुप अनसन बसेको बताइएको छ। खाना खानै नमानेका कारण उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .