ad ad

समाज


लाखौं रुपैयाँ लिएर अर्कैका लागि ईपीएस परीक्षा दिने अर्का व्यक्ति पनि पक्राउ

लाखौं रुपैयाँ लिएर अर्कैका लागि ईपीएस परीक्षा दिने अर्का व्यक्ति पनि पक्राउ

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:४०,

कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी परीक्षार्थीहरुलाई प्रलोभनमा पारी परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–८ स्थायी घर भई हाल काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ नयाँ बस्ती बस्ने रोजबहादुर तामाङ रहेका छन्।

तामाङ समेतका व्यक्तिहरुले ईपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको प्रहरीले जनाएकोे छ।

तामाङलाई भक्तपुरको सुर्यविनायक नगरपालिका–१०, चितापोलबाट पक्राउ गरी आवश्‍यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगातीमा पठाईएको छ।

यसअघि विद्यार्थीहरूलाई प्रलोभनमा पारी सात लाख रुपैयाँसम्म लिएर परीक्षा दिने काठमाडौंको बागबजारमा रहेको सेन्सेगे कन्सल्ट्यान्सीका प्रशिक्षक उत्तममान लिम्वुलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाली श्रमिक नलिने कोरियाको चेतावनी, भाषा नजान्ने २ सय बढी श्रमिक फर्काइए

विद्यार्थीबाट सात लाख लिएर ईपीएस परीक्षा दिने प्रशिक्षक पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .