ad ad

समाज


शनिबार साँझदेखि हराएकी महिलाको शव खेतमा भेटियो

शनिबार साँझदेखि हराएकी महिलाको शव खेतमा भेटियो

नेपालखबर
पुस ५, २०७७ आइतबार ६:५७,

झापामा शनिबार साँझदेखि हराएकी महिला खेतमा मृत अवस्थामा भेटिएकी छन्।

बिर्तामोड नगरपालिका २ चैतुबारीकी ४२ वर्षीया दिनो राजवंशी आइतबार बिहान खेतमा मृत भेटिएकी हुन्।

शनिबार साँझ ७ बजे श्रीमान् वीरबहादुर राजवंशीलाई कुखुरा फर्ममा खाना पुर्‍याउन गएकी उनी बीचैमा बेपत्ता भएकी थिइन्।

राजबंशी दम्पतीले स्थानीय जगत राजबंशीको खेत भाडामा लिएर ३ वर्षदेखि कुखुरा फर्म संचालन गर्दै आएका थिए। त्यही फर्ममा श्रीमानलाई खान पु¥याउन जान्छु भनी खाना लिई हिँडेकोमा फर्ममा समेत नपुगेको र राति अबेरसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए।

आइतबार बिहान ८ बजे घरबाट करिव तीन सय मिटर पश्चिममा मोहन मगरको खेतमा नाक र मुखबाट सामान्य रगत बगेको, उतानो अवस्थामा शव फेला परेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

शव उनकै छोराले फेला पारी ईलाका प्रहरी कार्यालय घैलाडुब्बामा जानकारी गराएका थिए।

ईप्रकाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरेको छ। कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको टोली र ईप्रका अनारमनीबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा टोली खटिएको छ।

यस्तै संघीय ईकाई प्रहरी कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर समेत घटनास्थलतर्फ लगिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .