ad ad

समाज


नेपालमा कोरोना संक्रमण घट्दै, निको हुने दर ९५ प्रतिशत नाघ्यो

नेपालमा कोरोना संक्रमण घट्दै, निको हुने दर ९५ प्रतिशत नाघ्यो

नेपालखबर
पुस ४, २०७७ शनिबार ०:३४,

नेपालमा कोभिड-१९ को संक्रमण दर घट्दै गएको छ। पछिल्लो समय संक्रमण मुक्त हुने दरमा वृद्धि हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रमण मुक्त हुने दर ९५ दशमलव ६ प्रतिशत पुगेको छ।

केही महिनाअघिसम्म पाँच हजारको परीक्षण गर्दा दुई हजार भन्दा धेरैमा संक्रमण देखिन्थ्यो। हाल पाँच हजारको परीक्षण गर्दा वढीमा एक हजारमा संक्रमण देखिन थालेको छ। यो अवस्थाले संक्रमण कम हुँदै गएको देखिएको जनस्वास्थ्य विज्ञले बताएका छन्। निको हुने दरमा क्रमश: वृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उनीहरुको भनाई छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार पाँच हजार ७०६ को परीक्षण गर्दा जम्मा ७८२ मा मात्रै संक्रमण देखिएको छ। जसमा ३०५ महिला र ४७७ पुरुष छन्। गएको २४ घण्टामा एक हजार २९ जना संक्रमण मुक्त भएका छन्।। यसले संक्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको गौतमले बताए।

सर्वसाधारणले सावधानी अपनाउँदा संक्रमणको जोखिम कम हुँदै गएको विज्ञहरुको दाबी छ। हालसम्म नेपालमा दुई लाख ५२ हजार कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४१ हजार पुगेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कोभिड–१९ संक्रमणको कारण एक हजार ७६५ को मृत्यु भएको छ। संक्रमणको कारण शनिबार १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .