संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउन्डेसनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको विद्यालयलाई फाउन्ज्डेसनले सहयोग गर्न लागेको जानकारी दिए।
आफ्ना स्व बुबा नारायण केसी र स्व बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउन्डेसनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताए। ‘घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ’, उनले भने। कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गरेकी थिइन्। रासस
प्रतिक्रिया