ad ad

समाज


लमजुङमा ३५ वर्षीया महिलाको विभत्स हत्या, घटना शंकास्पद

लमजुङमा ३५ वर्षीया महिलाको विभत्स हत्या, घटना शंकास्पद

नेपालखबर
पुस २, २०७७ बिहिबार २:१७,

लमजुङको सुन्दर बजारमा ३५ वर्षीया महिलाको विभत्स हत्या भएको छ।

सुन्दरबजार नगरपालिका- ४ चारघरे दुराडाँडाका ध्रब भुजेलकी ३५ वर्षीया पत्नी धनमाया भुजेलको बुधबार घरमै हत्या भएको प्रहरीले जनाएको छ।

पति ध्रुव भुजेल बिहान काम गर्न घरबाट निस्किएपछि धनमाया घरमा एक्लै थिइन्। बिहान छिमेकीले आँगनमा रगत देखेपछि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एसपी गंगाबहादुर थापाले जानकारी दिए।

प्रहरीले धनमायाको शव आँगनको डिलमा रहेको पुरानो गोवरग्याँसको ट्याँकिमा लुकाएको अवस्थामा फेला पारेको छ। ‘घाँटीमा पछ्यौरा कसिएको अवस्थामा शव फेला परेको छ,’ थापाले भने, ‘एउटा आँखा पनि फुटेको छ, घटना शंकास्पद छ। हामी अनुसन्धान गर्दै छौँ।’

घटना अनुसन्धानका लागि पोखराबाट एक प्रहरी टोली टोलीकुकुरसहित घट्नास्थलमा पुगेको छ। बुधबार साँझसम्म पनि कुकुरले हत्यामा संलग्नको भेउ पाउन नसकेको प्रहरीले जनाएको छ।

ध्रुवको धनमायाँसँग दोस्रो विवाह हो। उनी वैदेशिक रोजगारीमा रहेका बेला जेठी पत्नीले दोस्रो विहे गरेपछि ध्रुबले धनमायासँग चार वर्षअघि विवाह गरेका थिए। उनका जेठी पत्नीतर्फ तीन छोराछोरी छन्। घनमाया तर्फ भने अहिलेसम्म सन्तान नभएका छिमेकीले बताएका छन्।

मृतक महिलाको शब पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम लगिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .