ad ad

कारोबार


९ महिनापछि आजदेखि काठमाडौं - दिल्ली हवाइ उडान

९ महिनापछि आजदेखि काठमाडौं - दिल्ली हवाइ उडान

नेपालखबर
पुस २, २०७७ बिहिबार २:५०,

नेपाल वायु सेवा निगमले नौ महिनापछि आज (बिहीबार) देखि काठमाडौं- दिल्ली उडान सुरु गर्दै छ। कोरोना संक्रमण त्रासको कारण गएको चैत ११ गतेदेखि बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिनापछि सुरु हुन लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक महानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार आज बिहान साढे ११ बजे निगमको एयरबस ए ३२० दिल्ली प्रस्थान गर्दैछन्। दिल्लीबाट पनि आजै एयर इन्डियाको एउटा जहाज काठमाडौँ अवतरण हुनेछ।

अब हरेक दिन काठमाडौं–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान हुने निगमले जनाएको छ। दुबै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ अन्तर्गत पुनः उडान सुरु गर्न लागेका हुन्।

कोरोना संक्रमणको कारण नेपाल भारले २३ मार्चदेखि काठमाडौं–दिल्ली उडान स्थगित गरेका थिए। १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले ‘एयर बबल मोडल’ अन्तर्गत दिल्ली काठमाडौं उडान खुला गर्ने निर्णय गरेको थियो।

नेपालबाट दिल्ली जाने यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्ने नियम छ। त्यस्तै दिल्लीबाट काठमाडौं आउने यात्रुले अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ।

निगमको जहाज ८ जना बिजनेस क्लास र १३८ जना इकोनोमिक क्लासका यात्रु लिएर दिल्ली उडानको तयारीमा रहेको कर्णले जानकारी दिए।

निगमले पुस ६ गतेखि काठमाडौं हङकङ उडान पनि सुरु गर्दै छ। काठमाडौंबाट हङकङ गएका यात्रुमा कोरोना पोजेटिभ पाइएपछि हङकङले दुई साताको लागि निगमको जहाजलाई प्रतिबन्ध लगाएको छ। १९ मंसिरदेखि सुरु भएको प्रतिवन्ध आजबाट सकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .