ad ad

समाज


भूकम्पले कारागार भत्किएको बेला भागेका कैदी पक्राउ

भूकम्पले कारागार भत्किएको बेला भागेका कैदी पक्राउ

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १५:४०,

२०७२ सालको भूकम्पको बेला भागेका एक कैदी पक्राउ परेका छन्। भूकम्पका बेला सिन्धुपाल्चोक कारागारमा क्षति पुगेपछि भागेका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मंगलबार पक्राउ गरेको हो।

सुनकोशी गाउँपालिका १ का बिरबहादुर पहरीलाई अदालतले १७ वर्ष ७ महिना ३ दिन कैदको फैसला भएको थियो। तर कैद भुक्तान नगरी उनी त्यतिबेला भागेका थिए।

पहरीलाई गौवध मुद्दामा १२ वर्ष र थुनुवा र कैदी भागे भगाएको मुद्दामा ५ वर्ष ७ महिना ३ दिन गरि १७ वर्ष ७ महिना ३ दिन कैद सजाय तोकिएको छ।

उनलाई अदालतमा उपस्थित गराइ बाँकी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .