ad ad

समाज


एनसेलको ११ र एनटिसीको एउटा टावरमा बिष्फोट र आगजनी

एनसेलको ११ र एनटिसीको एउटा टावरमा बिष्फोट र आगजनी

नेपालखबर
साउन १६, २०७६ बिहिबार ४:२७,

१५ र १६ साउनमा १२ जिल्लामा रहेका एनसेल र एनटिसीका टावरमा आगजनी र बम विष्फोट भएको छ।

सबैजसो विष्फोट र आगजनी रातको समयमा भएको छ। आगजनी र बम विष्फोट गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ललितपुर, झापामा, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलबस्तु, डडेल्धुरा र कैलाली रहेका रहेका एनसेल टावरमा विष्फोट आगजनी भएको हो।

त्यसैगरी अर्घाखाँचीमा एउटा एनटिसीको टावरमा पनि आगजनी भएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा अधिकांश एनसेल टावरमा आगजनी भएको हो।

आगजनी र विष्फोटमा विप्लव समूहकै संलग्नता हुनसक्ने आशंका सुरक्षा अधिकारीहरुले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .