काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्।
शनिबार पाँचखालको एक घरबाट ३८ तोला सुन चोरीर भागेका ५ जनालाई आइतबार प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगाका देवराज दाहाल, सिन्धुपाल्चोकका रामचन्द्र चालिसे, काभ्रेका राम तामाङ, हुँइबहादुर तामाङ र राजन तामाङ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।
डीएसपी विष्टले देवराज र रामचन्द्रका साथमा सुन फेला परेको जानकारी दिए।
‘पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाएका छौँ’, डीएसपी विष्टले नेपालखबरसँग भने।
183
Shares
प्रतिक्रिया