ad ad

कारोबार


सरकारले सुरु गर्‍यो चिनी बेचेको पैसा सिधै उखु किसानले पाउने व्यवस्था

सरकारले सुरु गर्‍यो चिनी बेचेको पैसा सिधै उखु किसानले पाउने व्यवस्था

दीपक भट्ट
मंसिर २८, २०७७ आइतबार ११:२७,

सरकारले चिनी उद्योगीबाट बिक्रि भएको पैसा सिधै किसानको हातमा जाने व्यवस्था सुरु गरेको छ।

किसानको १७ करोड बक्यौता रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इण्ड्रष्टिजले चिनी बेचेको पैसा उद्योगीको हातमा नगई सिधै किसानको बैंक खातामा जाने व्यवस्था सुरु गरेको हो।

चिनी उद्योगीले किसानलाई वर्षौंदेखि उखुको पैसा नतिरेपछि सो उपाय अपनाइएको हो।

हाललाई ५० लाख रुपैयाँ उद्योगीको हातमा नै नपारी किसानहरुको बैंक खातामा जम्मा गरिदिने व्यवस्था उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय र सर्लाही जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरु गरिएको हो।

एसियन बिस्कुट एण्ड कन्फेस्नरी कम्पनी विराटनगरले ५० लाख रुपैयाँ बराबरको चिनी खरिदको तयारी गरेको थियो।

चिनीको मौज्दात् अन्नपूर्ण सुगर मिलसँग मात्रै रहेको जानकारी पाएको थियो।

साथै अन्नपूर्णले किसानलाई भुक्तानी गर्नुपर्ने रकम समेत बाँकि रहेको उक्त बिष्कुट कम्पनीले जानकारी पाएको थियो।

सो जानकारीअनुसार कम्पनीले अन्नपूर्णसँग सिधै सम्झौता नगरी जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग समन्वय गरेको हो।

उक्त कम्पनीले कसरी बेचाउन सकिन्छ भन्ने जानकारी माग गर्दै उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई सोधेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।

उनले भनिन् ‘उद्योगीलाई विश्वास नगरी सरकारी निकायमा चिनी खरिदकताहरु नै आएपछि सिधै किसानको बैंक खातामा पैसा जाने गरि ५० लाख रुपैयाँको चिनी बिक्रिको प्रक्रिया मिलाइएको छ।’

annapurna-sugar-mill-2.jpg

यस्तो व्यवस्था गरिसकेपछि अरु चिनी खरिदकर्ताहरुले पनि अहिले सरकारसँग नै समन्वय गरी उद्योगीको चिनी खरिद गर्न आएका छन्।

हाल कविता गल्ला भण्डार नामक कम्पनी पनि सिधै उद्योगीसँग नगई सरकारसमक्ष चीनि खरिदको माग गर्दै आएको छ।

त्यसको लागि अन्नपूर्ण सुगरले समेत चिनी विक्रिको प्रक्रिया मिलाइदिन भन्दै आपूर्ति मन्त्रालयलाई यहि २३ गते चिठी लेखेको थियो।

यो पनि: पोहोरको सहमति कार्यान्वयन गर्न माग गर्दै माइतीघरमा उखु किसानको प्रदर्शन (फोटोफिचर)

अहिले उखु किसानहरु आफ्नो पैसा उठाइदिन माग गर्दै आन्दोलनका लागि काठमाडौं आएका छन्। करिव ४ वर्ष सम्मको बक्यौता नपाएको भन्दै उनीहरु राजधानीमा आएर आन्दोलित बनेका छन्।

किसानलाई उखुको पैसा नतिर्ने मुख्यतयाः ४ वटा उद्योगहरु देखिएका छन्।

तीमध्ये अन्नपूर्ण सुगर एण्ड जनरल कम्पनीले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, श्रीराम सुगर मिलले २६ करोड र लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख रुपैंया किसानलाई तिर्न बाँकी छ।

Annapurna-Sugar-letter-1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .