ad ad

समाज


अस्पताल नजिकै शिशूको शव फेला

अस्पताल नजिकै शिशूको शव फेला

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १६:२८,

पाल्पामा अस्पताल नजिकै भर्खरै जन्मिएको शिशूको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका १ खोरबारीस्थित बगनासकाली हेल्थपोष्ट नजिकै खोल्सामा मंगलबार शिशूको शव फेला परेको हो।

शिशु (छोरा) फाल्ने आमालाई प्रहरीले पक्राउ गरिसकेको छ। पाल्पाको तानसेन नगरपालिका १४ की २६ वर्षीय हुमाकुमारी दर्जीलाई प्रहरी मंगलबार पक्राउ गरेको हो। उनी बगनासकाली गाउँपालिका ३ स्थित माइती घरमा बस्दै आएको खुलेको छ।

उनले किन शिशू फालिन् भन्ने अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .