ad ad

समाज


९० वर्षीया महिलालाई पहिलो खोप लगाउँदै बेलायतमा कोरोना खोप अभियान सुरु

९० वर्षीया महिलालाई पहिलो खोप लगाउँदै बेलायतमा कोरोना खोप अभियान सुरु

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ७:५८,

बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान सुरु भएको छ।

फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको सुरुवात गरिएको हो।

मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट किनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरिएको हो।

बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियान सुरु गरेको छ। पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ।

विश्वभर १५ लाखभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोना भाइरसबाट बेलायतमा पनि ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। बेलायतमा १६ लाख व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन्।

प्रधानमन्त्री बोरिस जोन्सनले खोप अभियान कोभिड–१९ विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान रहेको बताएका छन्।

बेलायतको नियामक निकायले गत बुधबार मात्र फाइजरको खोपलाई अनुमति दिएको थियो। कतिपय वैज्ञानिक समुदायले बेलायतले अलिबढी हतार गरेको बताए पनि बेलायतमा सरकारको कदमलाई स्वागत गरिएको छ।

बेलायतले हालसम्म ४ करोड डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता गरेको छ। यसबाट करिब २ करोड मानिसलाई खोप दिन पुग्नेछ। पहिलो चरणमा करिब ८ लाख व्यक्ति खोपबाट लाभान्वित हुने बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही डिसेम्बर महिनाको अन्त्य सम्ममा ४० लाख डोज उपलब्ध हुने अपेक्षा बेलायतको छ। रासस–एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .