ad ad

समाज


त्रिविका उपप्रध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै विद्यार्थीको प्रदर्शन

त्रिविका उपप्रध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै विद्यार्थीको प्रदर्शन

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ७:५०,

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण भएको ६३ दिन भइसक्दा आक्रमणकारीलाई कारबाही नभएको भन्दै
विद्यार्थीले प्रदर्शन गरेका छन्।

मंगलबार विद्याथीहरुले उपप्रध्यापक चलाउनेलाई न्याय दिनुपर्ने भन्दै विश्वविद्यालय परिसरभित्रै नारा जुलुससहित प्रदर्शन गरेका हुन्।

उनीहरुले अभियुक्तहरुले अदालतमै आक्रमण गरेको स्वीकार गर्दा पनि अदालतले उनीहरुलाई छाडेको भन्दै आक्रोश समेत ब्यक्त गरेका छन्।

No description available.

विद्यार्थीहरुले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको आदेश बदनियतपूर्ण भएको भन्दै आक्रोश व्यक्त गरेको प्रदर्शनमा सहभागी एक विद्यार्थीले बताए।

प्रदर्शनपछि एक अपिल जारी गर्दै विद्यार्थीहरुले विश्वविद्यालयभित्र भय र त्रासको वातावरण रहेकाले विश्वविद्यालयको प्राज्ञिक गरिमा बचाउन सहयोग गरिदिन नागरिक समाज, पत्रकार र प्राज्ञिक समुदायलाई आग्रह गरेका छन्।

No description available.

‘विश्वविद्यालयमा अहिले भय र त्रासको वातावरण छ, अपराधिहरु खुलेआम हिँडिरहेका छन् तर उनीहरुमाथि कुनै सजाय हुदैन’, आन्दोलनमा सहभागी विद्यार्थी जगत विकले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .