ad ad

समाज


नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ८:१२,

अनियमतितको आरोपमा नेपाल नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बनमा परेका छन्।

बुधबार  प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक  प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई निलम्बन गरेको हो।

 मन्त्रालयले प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा कार्यरत रहेको बेला अनियमितता गरेको आरोप लागेका एसपीद्वय रामेश्वर यादव, विमल बस्नेत र इन्स्पेक्टर मेघराज चौरसियालाई निलम्बन गरेको नेपाल प्रहरी प्रवक्ता (एसएसपी) बसन्तबहादुर कुँवरले बताए।

‘प्रदेश ट्राफिक कार्यालयमा कर्णालीमा रहँदा गैरव्यवसायिक क्रियाकलाप गरेको भन्ने उजुरी परेपछि दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन गरेर छानबिन थालिएको हो’, नेपालखबरसँग प्रवक्ता कुँवरले भने।

प्रदेश ट्राफिक कार्यलयमा रहँदा आफू मातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .