ad ad

राजनीति


नेकपा सचिवालय बैठक सुरु, दुवै प्रतिवेदनमाथि छलफल हुने

नेकपा सचिवालय बैठक सुरु, दुवै प्रतिवेदनमाथि छलफल हुने

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ८:२९,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा अर्का अध्यक्ष केपी शर्मा ओलीको जवाफी प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बालुवाटारमा सुरु भएको छ।

मंगलबार बसेको बैठकमा दुबै प्रतिवेदनमाथि विषयमा छलफल गर्ने कि नगर्ने भन्ने विवाद भएपछि स्थगित गरेर आज (बुधबार) १ बजेका लागि बोलाइएको थियो। तर, निर्धारित समयमा प्रधानमन्त्री समेत रहेका ओली व्यस्त भएपछि बैठक एक घण्टा पछाडि सारेर २ बजेलाई राखिएको हो।

आजको बैठकमा सचिवालयका अन्य सदस्यहरुले दुबै प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने एक सचिवालय सदस्यले बताए।

कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले सरकार र पार्टी सञ्चालन गर्न ओली असफल भएको भन्दै १९ पृष्ठको राजनीतिक प्रस्ताव ल्याएका थिए। त्यसको १५ दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदनको जवाफ दिँदै ३८ पृष्ठको प्रतिवेदन ल्याएका थिए। अध्यक्षद्वयका प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकाल्नका लागि सचिवालय बैठक बसेको ती नेताले जनाकारी दिए।

नेकपाले बिहीबार (भोलि) स्थायी समिति र मंसिर २५ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ।

यसैबीच आजको सचिवालयको बैठक अघि प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन्। अध्यष ओली हिजोको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव फिर्ता गरी माफी माग्नु पर्ने र े प्रतिवेदन खारेज गर्नुपर्ने अडानमा थिए।

बैठकमा बोल्ने धेरैजसो सदस्यले दुबै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुनुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .