ad ad

समाज


नेपाली सेनाद्वारा एकीकरण मार्ग सम्बन्धी सेमिनार सञ्चालन

नेपाली सेनाद्वारा एकीकरण मार्ग सम्बन्धी सेमिनार सञ्चालन

नेपालखबर
मंसिर १५, २०७७ सोमबार १२:१६,

नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम सम्बन्धी नं. २८ बाहिनी स्तरीय ‘एकीकरण मार्ग कार्यक्रम सेमिनार २०७७’ सञ्चालन गरेको छ।

नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्गहरु, बिभिन्न गढि तथा किल्लाहरुको पहिचान तथा मर्मत संभार गर्दै आएको सन्दर्भमा ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धन गर्ने उदेश्य अनुरुप नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काको प्रमुख आतिथ्यतामा सो कार्यक्रम आयोजना गरिएको जंगी अड्डाले जनाएको छ।

कार्यक्रमको दौरान एकीकरण मार्ग कार्यक्रमको अवधारणा, सेमिनारको मोडालिटी सम्बन्धी जानकारी एवं वृत्तचित्र प्रदर्शन र एकीकरण मार्ग कार्यक्रम अन्तरगत देशैभरी हालसम्म सञ्चालित गतिविधिहरूबारे जानकारी गराइएको थियो।

उक्त सेमिनारमा पर्सागढी, बारागढी र सिम्रौनगढको ऐतिहासिक सम्पदा संरक्षण, विकास योजना, ऐतिहासिक महत्व तथा नेपाल एकीकरणमा लडैया समनपुर युद्दस्थलको महत्व तथा बारा जिल्लामा निर्माणाधिन एकीकरण स्मृति उद्यान बारे प्रस्तुतिकरण भएको थियो।

बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय पदाधिकारी एवं प्रतिनिधीहरु, तीनवटै जिल्लाका स्थानीय बुद्धिजीबी तथा पत्रकारहरु लगायत नं. २८ बाहिनी अड्डा अन्तरगत बारा, पर्सा र रौतहट जिल्लामा तैनाथ गणका गणपति एवं अधिकृतहरु सम्मिलित सो कार्यक्रमले ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण, सम्वर्धन र प्रबर्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .