ad ad

समाज


ट्याक्सीमा छुटेको १८ तोला गहना सम्बन्धित धनीलाई बुझाइयो

ट्याक्सीमा छुटेको १८ तोला गहना सम्बन्धित धनीलाई बुझाइयो

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ९:२०,

प्रहरीले एक महिलाको हराएको १८ तोला गरगहना र रु ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले लैनचौरकी ५३ वर्षीया शोभा सापकोटाको यही मङ्सिर १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं महानगरपालिका–२६ लैनचौर जाने ट्याक्सीमा हराएको गरगहना र नगद फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले विमानस्थलबाट लैनचौर आउने क्रममा हराएको उक्त गरगहना र नगद बा १ य ९६८ नंको ट्याक्सीमा फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए।

प्रहरीले उक्त नगद र गरगहना टोखा नगरपालिका–२ का २८ वर्षीय दीपेश बस्नेतसँग फेला पारेर दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .