ad ad

राजनीति


विवादस्पद तस्बिरका कारण रुष्ट अस्ट्रेलियाले भन्योः चीनलाई लज्जा बोध हुनुपर्छ र माफी माग्नुपर्छ

विवादस्पद तस्बिरका कारण रुष्ट अस्ट्रेलियाले भन्योः चीनलाई लज्जा बोध हुनुपर्छ र माफी माग्नुपर्छ

नेपालखबर
मंसिर १५, २०७७ सोमबार ९:३२,

अस्ट्रेलियाका सेनाले अफगानिस्तानका सर्वसाधारणको हत्या गरेको प्रतिवेदन हालै सार्वजनिक भएको थियो।

सोही विषयमा अस्ट्रेलियाली सेनाको आलोचना गर्नका लागि चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक तस्बिर ट्वीटरमा सार्वजनिक गरेका थिए।

त्यहाँ अस्ट्रेलियाको सेनाले एक अफगान बच्चाको घाँटीमा छुराले रेटेको तस्बिर छ र त्यहाँ ‘नडराउनु हामी यहाँ शान्ति ल्याउन आउन लागेका छौै’ लोखिएको छ।

लिजियानले उक्त ट्वटीमा अस्ट्रेलियाका सेनाले अफगान नागरिक र बन्दीहरुलाई मारेको विषय थाहा पाउँदा चीन स्तब्ध भएको बताएका छन्। उनले त्यस्ता कार्यको चीनले सँधै विरोध गर्ने उल्लेख गरेका छन्।

चीन र रुसले ३९ जना अफगान नागरिकको हत्याको विषयमा अस्ट्रेलियाले आलोचना गरिरहँदा अस्ट्रेलियाले भने उक्त तस्बिरको विषयमा चीनको आलोचना गरेको छ।

अस्ट्रेलियाको अवहेलना गर्न सार्वजनिक गरिएको उक्त तस्बिरको विषयमा चीनले तत्काल माफी माग्नुपर्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।

उनले चीनलाई उक्त तस्बिर सार्वजनिक गर्दा लज्जा बोध हुनुपर्ने पनि जनाएका छन्। अस्ट्रेलियाबारे घृणा फैल्याउने कार्य नगर्न पनि मरिसनले चेतावनी दिएका छन्।

उनले आफूहरुले उक्त ट्वीट हाटाउने विषयमा चीन सरकारसँग छलफल गरिसकेको समेत जानकारी दिएका छन्।

Power up or we build gas plant: Scott Morrisonस्कट मरिसन

दक्षिण चीन सागरको विषयमा चीन र अस्ट्रेलियाबीच विवाद छ। यस घटनाका कारण दुई देशबीच अर्को विवाद निम्तिएको छ।

अमेरिकाको पक्षमा उभिएको अस्ट्रेलियाले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक बताउँदै आएको छ। चीनले भने आन्तरिक मामिला दख्खल नदिन अस्ट्रेलियालाई चेतावनी दिँदै आएको छ।

अस्ट्रेलिया अमेरिका, जापान, भारतसहितको क्वाड समूहमा पनि आवद्ध छ। यस समूहलाई चीनले आफूविरुद्धको मोर्चा भएको बताउँदै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .