नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४१२ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६१४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै कूल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ।
30
Shares
प्रतिक्रिया