ad ad

समाज


अफगानिस्तानमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

अफगानिस्तानमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार २३:५,

अफगानिस्तानको बामियान सहरमा बम विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

विस्फोटटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत छन्। मंगलबार त्यहाँका राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भइरहेका बेला विस्फोट भएको हो।

बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तमध्ये एक हो।

स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो।

टोलो न्युजका अनुसार अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .