हङकङमा आज (मंगलबार) बिहान बस दुर्घटना हुँदा चालकसहित ७७ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ।
घाइतेहरूलाई उपचारका लागि यान चाई अस्पताल, क्यारिटास मेडिकल सेन्टर, प्रिन्स मार्गरेट अस्पताल, कुङ वा अस्पताल र पोक ओई अस्पताल लगिएका छन्।
ताई लाम सुरुङ मार्गबाट चुन वान निस्कने सडकमा बिहान ८ः३० बजे काउलुन मोटर र सिटी मोटरका दुई डबल डेकर बस आपसमा ठोक्किएका हुन्।
दुर्घटनमा चालक अप्ठ्यारोमा फसेका थिए। चालक र अन्य यात्रुलाई वरुण सेवालगायत अन्य उद्द्धारकर्मीले उद्धार गरेका थिए।
दुर्घटनामा बसका झ्यालका सिसाहरू फुटेर यत्रतत्र छरिएका छन्। उक्त समय कतिपय यात्रु निद्राले झुलिरहेका थिए। बस ठोक्किँदा यात्रुहरू आफ्नो सिटबाट हुत्तिएर अन्यत्र ठक्कर खाएर घाइते भएका हुन्।
उक्त रुटमा धेरै नेपालीसमेत आवातजावत गर्ने गर्छन्। उक्त दुर्घटनामा नेपाली परे नपरेको यकिन हुन बाँकी नै छ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसान्धन गरिरहेको छ।
वारुण सेवा विभागका अनुसार उद्धारमा १५ वारुण यन्त्र, २६ एम्बुलेन्स परिचालन गरिएको थियो।
हङकङमा सवारी दुर्घटना बारम्बार हुने गरेका छन्।
भिडियो:
प्रतिक्रिया