अमेरिका न्युयोर्कका प्याट्रिक निको नहुने मस्तिष्क रोग एम्योट्रोफिक लेटेरल स्केलरोसिस एएलएसबाट सन् २०१३ यता प्रताडित थिए।
आइतबार बिहानै सोही रोगका कारण उनको निधन भएको अमेरिकी संचारमाध्यमले जनाएका छन्।
सन् २०१४ मा आइस बकेट च्यालेन्ज अभियान विश्वभर निकै चर्चित बनेको थियो। यस अभियानको उद्देश्य एएलएस रोग अनुसन्धानका लागि सहयोग उठाउनु थियो।
यस च्यालेन्जमा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लू बुस, हालका राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्बपति बिलगेट्सदेखि विश्वभरका चर्चित मानिसले भाग लिएका थिए।
प्याट्रिकले आफूलाई लागेको रोग एएलएसको अनुसन्धानका लागि यस च्यालेन्जमार्फत २२० मिलियन डलर रकम उठाउन सफल भएका थिए। एजेन्सी
3
Shares
प्रतिक्रिया