कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि सुरु भएको छ। राष्ट्रिय परिक्षा बोर्डका अनुसार मंगलबार बिहान ८ बजे सुरु भएको परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका छन्।
परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छ।
परीक्षामा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीलाई आग्रह गरेका छन्।
बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिएको छ।
हेरौँ राजधानीको डिल्लीबजारस्थित बिजय मेमोरियल उच्च माध्यामिक विद्यालयको परीक्षा केन्द्रमा सञ्चालित परीक्षाका केही तस्बिर र भिडियो:
3
Shares
प्रतिक्रिया