ad ad

समाज


बर्दिबासमा ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, बलात्कारपछि हत्या भएको भन्दै स्थानीयद्वारा प्रदर्शन

बर्दिबासमा ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, बलात्कारपछि हत्या भएको भन्दै स्थानीयद्वारा प्रदर्शन

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार २:१०,

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको छ। बलात्कारपछि बालिकाको हत्या भएको आशंका स्थानीयले गरेका छन्।

बालिका हत्याको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन सुरु गरेका छन्। मंगलबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर गरेको प्रदर्शनको कारण पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ।

गएको आइतबार महोत्तरीको बर्दिबास- १४ शुभम् बस्तीका सहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन बेपत्ता भएकी थिइन्। उनको शव सोमबार राति फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले जानकारी दिए।

हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव फेला परेको हो। घर नजिकै रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ अवस्थित विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

बालिकाको बलात्कार र हत्यामा संलग्न भएकोआरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिएको डिएसपी चपागाइँले जानकारी दिए। साहले अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या गरेको आशंका स्थानीयले गरेका छन्। तर, प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्र बलात्कार भए/नभएको थाहा हुने जनाएको छ।

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला साहले बलिकालाई अपहरण गरेर घरमा लगेको र दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेर हत्या गरेको आरोप स्थानीयले लगाएका छन्। बालिकाका बुवा शहिद आलमले पनि आफ्नी छोरीको बलात्कारपछि हत्या भएको बताएका बर्दिबासका स्थानीयवासी राजु ढुंगानाले जानकारी दिए।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .