धनुषामा मोटरसाइकलको ठक्करबाट विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।
धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुर बस्ने बिष्णुदेव ठाकुरकी ६ वर्षीया छोरी आरती ठाकुरको मृत्यु भएको हो।
सोमबार बिहान करिब साढे १० बजे धनुषाको बटेश्वर गाउँपालिका–४ बटेश्वर बजार नजिक महाबीर बोडिंग स्कुल जाँदै गरेकी बालिकालाई ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाईकल र चालक श्रीप्रसाद ठाकुरलाई बटेश्वर प्रहरीचौकीले नियन्त्रणमा लिएको छ।
बालिकालाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीचोकी बटेश्वरले जनाएको छ।
3
Shares
प्रतिक्रिया